दफा १२
प्रतिष्ठानका कर्मचारीहरू सम्बन्धी व्यवस्था

(१) प्रतिष्ठानमा निम्न किसिमका कर्मचारीहरू रहनेछन् ः

  (क) प्रशासकीय,

  (ख) प्राध्यापन तथा अनुसन्धान ।

(२) प्रतिष्ठानको प्रमुखको रूपमा एकजना कार्यकारी निर्देशक रहनेछ । नेपाल सरकारले प्रशिक्षण सम्बन्धी काममा विशेष अनुभव प्राप्त व्यक्तिलाई कार्यकारी निर्देशकको पदमा नियुक्त गर्न वा तोक्न सक्नेछ । निजको कार्यावधि पाँच वर्षको हुनेछ र नेपाल सरकारले चाहेमा निजको कार्यावधि पुन बढीमा दुई वर्षका लागि थप गर्न  सक्नेछ ।

(३) प्रतिष्ठानमा आवश्यकता अनुसार अन्य कर्मचारीहरू रहनेछन् ।

(३क) प्रतिष्ठानको कार्य सञ्चालनको लागि नेपाल सरकारले निजामती कर्मचारीलाई बढिमा एक वर्षको लागि कामकाजमा खटाउन सक्नेछ।

(४) कार्यकारी निर्देशक र प्रतिष्ठानका अन्य कर्मचारीहरूको पारिश्रमिक, सेवाको शर्त एवं सुविधा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।